काठमाडौं, १० चैत । यस बर्षको एसईई परिक्षामा जनप्रतिनिधि देखी सेलेब्रिटी सहित मुलुकभर ४ लाख ७५ हजार परीक्षार्थी आइतबार सुरु एसईईमा सहभागी हुँदैछन् ।

नेकपाकी सचेतक शान्ता चौधरी पनि गृहजिल्ला दाङको तुल्सीपुरमा एसईईकी परीक्षार्थी हुन् । नायिका करिष्मा मानन्धर काठमाडौंबाट एसईईको जाँच दिँदैछिन् ।
प्रतिनिधिसभा सदस्य शान्ता चौधरी माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिँदै छन् । गत २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उनको औपचारिक कक्षाको पढाइ शुरु भएको थियो । खुला विद्यालय प्रणालीमा पढेकी प्रतिनिधिसभा सांसद ३८ वर्षीया चौधरीले सेन्टर मावि तुल्सीपुर केन्द्रबाट जाँच दिँदैछिन्। १८ वर्ष कमलरी बसेकी शान्ताल नियमिततर्फ दाङका महेन्द्र मावि तुलसीपुरमा सञ्चालित परिक्षामा चौधरी (सिम्बोल नं ०५८८४५३ भी)को सेण्टर मावि तुलसीपुरमा परीक्षा केन्द्र तोकिएको छ ।
त्यस्तै सेलेब्रिटी नायिका मानन्धर डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाट परीक्षा दिँदैछिन् । कक्षा ८ देखि काठमाडौं मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी भएर पढेकी हुन् ।