Logo
Logo

सेयर बजारमा उत्साह, काराेवार रकम पनि बढ्याे


दृष्टि संवाददाता


काठमाडौं । सोमबार र मंगलबार लगातार घटेको सेयर बजारमा बुधबार भने उत्साह देखिएको छ ।

बुधबार नेप्से परिसूचक ५५ दशमलव ७६ अंकले बढेर २ हजार ८ सय २७ दशमलव १२ अंकमा पुगेको छ । नेप्से सूचकसँगे कारोबार रकममा पनि उच्च बृद्धि देखिको छ।

बुधबार सेन्सेटिभ सूचक ७ दशमलव ८३ अंकले बढेर ५ सय ५ सय १५ विन्दुमा पुगेको छ। यसअघि २ हजार ८ सय २७ दशमलव ९३ विन्दुसम्म पुगेकाे नेप्से, बुधबार साेहि विन्दु नजिक पुगेकाे छ।

सामूहिक लगानी कोषबाहेक सबै सूचक उकालो लागेको छ। घटिरहेको लघुवित्त समूह पनि ६९ अंकले माथि गएको छ। बैंक तथा वित्तीय संस्थाका साथै बीमा समूहले पनि छलाङ मारेको छ।

राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर २३ हजार ५ सय ९४ रुपैयाँ पुगेको छ। सानिमा माइ हाइड्रोमा पनि बढेर सर्किट लाग्दा मूल्य ५०६ रुपैयाँ पुगेको छ। मञ्जुश्री फाइनान्स, पोखरा फाइनान्स र समृद्धि फाइनान्सको सेयर मूल्यमा पनि बढेर सर्किट लागेको छ।

बुधबार कारोबारमा आएका १४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा राष्ट्रिय बीमा कम्पनी र सानिमा माई हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्