Logo
Logo

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई चार वर्ष जेल !


दृष्टि संवाददाता


काठमाडौं । सरकारले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई २ लाख जरिवाना र ४ वर्षसम्म कैद सजाय हुने व्यवस्थासहित अध्यादेश ल्याउने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ल्याउन लागेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधन अध्यादेशमा उक्त व्यवस्था लागू गर्न लागिएको हो ।

अध्यादेशमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई घेराउ गर्ने, हातपात गर्ने वा शारीरिक रुपमा आघात पुर्‍याउनेलाई दुई लाख जरिवाना वा चार वर्ष कैद वा दुवै सजाय हुने प्रस्ताव गरिएको छ ।

त्यस्तै, स्वास्थ्य संस्थामा तालाबन्दी, तोडफोड, आगजनी वा घेराउ गर्नेलाई पनि यही सजाय गरिने भनिएको छ । अहिले प्रचलनमा रहेको ऐनमा स्वास्थ्यकर्मीमाथि हातपात, स्वास्थ्य संस्था तालाबन्दी तथा तोडफोड जस्ता कार्य गर्न नहुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्