Logo
Logo

नेपालमा १० कोरोना संक्रमितमा कालो ढुसी भेटियाे


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा कोरोना संक्रमण भएका १० जनालाई कालो ढुसीको संक्रमण भएको पाइएको छ। कोरोनाको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भई उपचाररत र निको भएका गरी दश जनामा कोलो ढुसीको संक्रमण भएको जनाएको हो ।

संक्रमण कमै मात्र देखिने बताउँदै संक्रमण गम्भीर भए प्राणघातक समेत हुन सक्ने मन्त्रालयले जनाएको छ । कोला ढुसीको संक्रमण भएका बिरामीहरुमा ज्वरो निरन्तर आइरहने, अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने, आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने लगायत लक्षण देखिने मन्त्रालयले जनाएको छ।

यो समस्याबाट बच्न सफा र सुख्खा मास्कको प्रयोग गर्ने, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्ने, नियमित रुपमा हात धुने, धेरै धुलो भएको र ओसिलो ठाउँमा नजान मन्त्रालयलको आग्रह छ।

प्रतिक्रिया दिनुहोस्