Logo
Logo

दरवार हत्याकाण्डबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरौं: बाबुराम भट्टराई


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दरबार हत्याकाण्डबारे छानबिन गर्नका लागि राष्ट्रिय सहमतिको आधारमा उच्चस्तरीय र निष्पक्ष छानबिन आयोग गठन गर्न प्रस्ताव गरेका छन् ।

एक ट्वीटमार्फत भट्टराईले राजा वीरेन्द्रको वंशनाश भएको नारायणहिटी हत्याकाण्डको २० वर्ष भइसक्दा पनि त्यसबारे सत्यतथ्य स्थापित हुन नसक्नु र आरोप प्रत्यारोपको शृङ्खला चलिरहनु लोकतान्त्रिक गणतन्त्रका निम्ति शोभनीय नरहेको उल्लेख गरेका छन् ।

आयोग गठन गरी यो रहस्य सदाको निम्ति अन्त्य गर्न उलने आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्