Logo
Logo

ओली-नेपाल पक्षका आज छुट्टाछुट्टै बैठक


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेमा दुई पक्षबीच विवाद चलिरहेकै बेला आज छुट्टाछुट्टै बैठक बस्दैछ । एमलोका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आज केन्द्रीय समिति बैठक बोलाएको छ ।

आजको बैठक भर्चुअल रूपमा बस्ने भएको हो । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बोलाइएको र आज बिहान ११ बजे बैठक सुरू हुनेछ ।

यस्तै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएका छन् । आज अपरान्ह ४ बजे बस्ने बैठकमा १९ जना स्थायी कमिटी सदस्यलाई बोलाइएको हो ।

ओलीले गठन गरेको स्थायी कमिटीमा झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका नेता भने छैनन् । अध्यक्ष ओलीकै कारण अब एकता टर्दै गएको निष्कर्षमा नेपाल पुगेका छन् भने यसबारे थप कुरा केन्द्रीय सदस्यलाई आजबो बैठकमा ब्रिफिङ गर्ने भएको हो । आफू अप्ठ्यारोमा पर्दा मात्रै ओलीले वार्ताको कार्ड फ्याक्ने गरेको नेपाल पक्षको भनाई छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि खनाल, नेपालसहित ११ जनालाई ओलीले पार्टीबाट निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस्