Logo
Logo

नासाले शुक्र ग्रहमा दुईवटा अन्तरिक्ष मिसन पठाउने


दृष्टि संवाददाता


काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था नासाले सौर्यमण्डलको सबैभन्दा तातो ग्रह भनिने शुक्र ग्रहमा दुईवटा मिसन सञ्चालन गर्ने घोषणा गरेको छ ।

नासाका अनुसार सन् २०२८ र २०३० को बीचमा ती मिसन सञ्चालन गर्ने नासाको योजना रहेको छ । पहिलो मिसनको नाम ‘डाभिन्सी प्लस’ र दोस्रो मिसनलाई ‘भेरिटास’ नाम दिइएको छ । यी दुवै मिसनका लागि ५०र५० करोड डलर बजेट छुट्याइएको छ ।

पृथ्वीको नजिकको ग्रह किन यति तातो छ भन्ने कुरा पत्ता लगाउन अन्तरिक्ष मिसन सञ्चालन गर्न लागिएको नासाका प्रशासक बिल नेल्सनले बताएका छन् ।

‘यी मिसनमार्फत् शुक्र ग्रह सिसासमेत पग्लिने तातो कसरी भयो भनेर जान्न खोजिने छ,’ नेल्सनले भनेका छन् । वैज्ञानिकहरुका अनुसार शुक्र ग्रहको सतहको तापक्रम ५ सय डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्