Logo
Logo

गोकर्ण विष्टले भने- ‘पार्टीलाई जेठ २ मा फर्काउन अन्तिमसम्म लागिरहनेछौं’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टीलाई जेठ २ मा फर्काउन अन्मिसम्म लागिरहने बताएका छन् । उनले पार्टी एकता जोगाउन भइरहेका प्रयासलाई असफल पार्ने र आफ्नो नामसमेत जोडर सञ्चार माध्यमहरूमा खबर आइरहेको उल्लेख गर्दै पार्टीलाई २०७५ जेठ २ कै संरचनाअनुसार अगाडि बढाउन आफू लागिरहने बताएका हुन् । एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने आफूहरूको चाहना भएको उनको भनाई छ ।

विष्टसहित नेता माधवकुमार नेपाल पक्षका केही नेताले अध्यक्ष केपी शर्मा ओली पक्षका केही नेतासँग संवाद गरिरहेको र नेपाल पक्षकै नेताहरूले विष्ट ओलीतर्फ नै लाग्न सक्ने संकेत गरेका समाचार आएको थियो । यसबारे प्रष्टाउन विष्टले बिहीबार फेसवुकमा आफ्नो धारनणा सार्वजनकि गरेका हुन् ।

‘पार्टीका सबै कमिटीलाई २०७५ जेठ २ गते पूर्ववत अवस्थामा फर्काएर कम्युनिष्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहित सबल एवं एकिकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो,’ उनले भनेका छन्, ‘यसमा अन्तिमसम्म लागिरहन्छौं।’

प्रतिक्रिया दिनुहोस्