Logo
Logo

२४ घण्टामा ६ हजार ८२५ मा कोरोना पुष्टि, ७५ मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायको विवरण अनुसार १८ हजार ५ सय ६२ जनामा गरिएको पीसीआर परीक्षणबाट ५ हजार ८ सय २५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजारमा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा कुल थपिएका संक्रमितको संख्या भने ६ हजार ८ सय २५ छ ।

२४ घण्टामा मृत्यु हुनेको संख्या पनि ७५ छ । पछिल्लो समय संक्रमित सँगै मृत्यु हुनेको संख्या पनि घटिरहेको छ । २४ घण्टामा ५ हजार ९ सय ४ संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ८ सय ३९ छ ।

प्रतिक्रिया दिनुहोस्