Logo
Logo

खाद्य कम्पनीले उपभोग्य बस्तुमा २० प्रतिशत छुट दिने


दृष्टि संवाददाता


काठमाडौं । सरकारले निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट बिक्री हुने दैनिक उपभोग्य वस्तु खरिद गर्दा २० प्रतिशत छुट दिने व्यवस्था शुक्रबार देखि कार्यान्वयनमा आउने भएको छ ।

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट दैनिक उपभोग्य वस्तु खरिद गर्ने उपभोक्तलाई २० प्रतिशत छुट दिने उल्लेख थियो ।

सो छुट दिने व्यवस्था कार्यान्वयनमा नआएकाे भन्दै बिरोध सुरु भएपछि खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङले निषेधाज्ञा अबधिभर पिठो, चिनी, नून, भटमासको तेल र खाना पकाउने तेलमा छुट दिने भएको हो ।

पाँच जनाको परिवारलाई एक महिनाका लागि पुग्ने खाद्य पदार्थ सरकारले तोकेको २० प्रतिशत छुटमा दिने जनाएको हो । कम्पनीले २ किलो पिठो, चिनी, नून, एक लिटर तेल र एक सिलिण्डर ग्यासमा छुट दिने विज्ञप्ति मार्फत जानकारी दिएको हो ।

कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको हुँदा सरकारले काठमाडौं उपत्यकामा १४ देखि २० गतेसम्म निषेधाज्ञा थप गरी दैनिक खाद्यान्न वस्तु बिक्रीवितरण हुने खाद्यान्न तथा किसाना पसल र डिपार्टमेन्टल स्टोर बन्द गरेकोमा जेठ मसान्त सम्म पुनः बिहान ९ बजेसम्म खुलाउने निर्णय गरेको छ ।

खाद्य व्यापार कम्पनीले अनलाइनमार्फत २ हजार देखि ५ हजारसम्मको खाद्यान्न दाल, चामल, नुन, चिनी तेल गुडागुडीलगायतका वस्तु उपभोक्ताको मागअनुसार होम डेलिभरी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्