Logo
Logo

सिटिजन्स बैंकले ल्यायाे दुई लाखसम्मकाे ‘पे डे लोन’


दृष्टि संवाददाता


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एफ वान सफ्ट इन्टरनेशनल प्रालि सँग सहकार्य गरेर आफ्ना ग्राहकको सुविधाका लागि ‘पे डे लोन’ नामक नयाँ कर्जा सुविधा सार्वजनिक गरेको छ ।

बैँकको बिहीबार आयोजित भर्चुअल कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले कम्प्यूटरमा क्लिक गरी ‘पे डे लोन’ योजना सार्वजनिक गरेका हुन् ।

बैंकमा तलब खाता संचालन गरिरहेका तथा बचत खातामा नियमित कारोबार गर्ने ग्राहकले अधिकतम ३० दिन सम्मका लागि अधिकतम २ लाख रुपैया सम्म मोबाइल बैकिगबाट पेडे लोन सुविधा सहजै प्राप्त गर्न सक्नेछन भने कर्जाको लागि कुनै पनि निवेदन दिन र कानूनी कागजात गर्न नपर्ने भएको छ ।

ग्राहकलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न यो सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको छ । बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने विशेषताले गर्दा यो लोकप्रिय हुने विश्वास बैंकले लिएको छ ।

आफ्ना सेवालाई डिजिटल मैत्री बनाउँदै ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले ‘पेडे लोन’ योजना संचालनमा ल्याएको पनि बैकले जनाएको छ । बैकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकको वित्तीय आवश्यकता डिजिटल च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ ।

यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान र विथड्र सेवा, मोबाइल बैंकिगको पिन बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ । यस प्रकारको सेवाबाट डिजिटल बैंकिगको सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकको छ ।

प्रतिक्रिया दिनुहोस्