Logo
Logo

एभरेष्ट बैंक र श्पुन रेमिटबीच रेमिट्यान्स सेवा प्रदान गर्ने सम्झौता


दृष्टि संवाददाता


काठमाडौ । एभरेष्ट बैंकले बेलायतमा रहेको अन्लाईन मनी ट्रान्सफर सेवा श्पुन रेमिटसँग बेलायतबाट नेपालमा पैसा पठाउनका लागि रेमिट्यान्स सेवा प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

सम्झौता पत्रमा बैंकका सहायक महाप्रबन्धक आशुतोष शर्मा र श्पुन रेमिटका प्रबन्ध निर्देशक वहिदोल्लह साफिले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

श्पुन रेमिट, अनलाईन प्रोडक्ट र ट्रेडिङको लागि दर्ता गरिएको एम.ए फास्टमोव अन्तर्गतको नाम हो । जुन वेब का साथै मोबाइल एप्लीकेसनको दुबै एन्ड्रोइड र आई.ओ.एस मा उपलब्ध छ ।

अब बेलायतमा रहेका रेमिटरले आफुलाई श्पुन रेमिटमा दर्ता गरी एभरेष्ट रेमिटबाट सजिलै नेपालमा पैसा पठाउन सक्ने पनि बैंकले जनाएको छ ।

यो साझेदारीले बैंकको सेवा बेलायतमा पनि बिस्तार गर्नुका साथै बैंकका रेमिट्यान्सका ग्राहकलाई थप सुबिधा प्रदान गर्नमा मद्दत गर्नेछ ।

श्पुन रेमिटबाट प्राप्त गरिएको रेमिट्यान्स, नेपालको कुनै पनि बैंकबाट बैंक डिपोजित मार्फत वास्तविक समयमा कुनै पनि बेला भुक्तानी गर्न र नेपाल भरी फैलिएको ९ हजार भन्दा बढी पे आउट एजेन्ट र बैंकको १ सय ३ वटा मध्य कुनैपनि शाखा बाट नगद भुक्तानी लिन सकिने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्