Logo
Logo

एसटीसी ग्याँस ११ सय २० मा पाइने


दृष्टि संवाददाता


काठमाडौं । सरकारले २० प्रतिशत छुटको व्यवस्था गरेसँगै सरकारी व्यापारिक संस्थान साल्ट ट्रेडिङ कर्पोरेसनले वितरण गर्दै आएको ‘एसटीसी’ ग्याँस प्रति सिलिण्डर १ हजार १ सय २० रूपैयाँमै पाइने भएको छ ।

सरकारले बजेटमार्फत व्यवस्था गरेको खाद्यान्नसहित अत्यावश्यक दैनिक उपभोग्य वस्तुको खरिदमा २० प्रतिशत छुट दिने व्यवस्था गरेकोले खाना पकाउने एलपी ग्याँस प्रतिसिलिण्डर १ हजार १ सय २० रूपैयाँमा पाइने भएको हो ।

तर सरकारले सबै ग्याँसमा छुट दिने भनेको होइन । साल्ट ट्रेडिङको सूचनामा ‘खाना पकाउने ग्याँस काठमाडौं उपत्यकामा मात्र उपलब्ध रहेको र खाली सिलिण्डर एसटीसी व्राण्डको नै सोधभर्ना गर्नुपर्ने’ लेखिएको छ । यसको मतलव साल्ट ट्रेडिङ आफैले बिक्रि गर्दै आएको ‘साल्ट ट्रेडिङ कर्पोरेसन ग्याँस’मा मात्र छुट दिने भनेको हो ।

बिहीबार सरकारी निकायका दुई व्यापारिक संस्थानहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सूचना जारी गर्दै २० प्रतिशत छुटमा सामग्री प्रदान गर्न थालिएको जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्