Logo
Logo

नेपाललाई खोप उपलब्ध गराउन डब्लुएचओको ठूला राष्ट्रलाई आग्रह


दृष्टि संवाददाता


काठमाडौं । विश्व स्वास्थ्य संगठन नेपालले तत्काल खोप प्राप्त गर्न नसके अहिलेको भन्दा कठिन अवस्था आउन सक्ने चेतावनी दिएको छ ।

डब्लुएचओको नेपाल कार्यालयले विहिबार भिडियो वक्तव्य जारी गर्दै तत्काल नेपाललाई खोप आपूर्ति नभए समस्या निम्तिने बताएको हो । संगठनका नेपाल प्रमुख डा. राजेश शम्भाजिराव पाण्डवले ठूला राष्ट्रलाई सहयोग गर्न अपिल समेत गरेका छन् ।

नेपालको कूल जनसंख्याको ७ प्रतिशत अर्थात २१ लाखले मात्र खोप प्राप्त गरेको जनाउँदै डा. पाण्डवले सातलाख भन्दा केही बढीले मात्र खोप प्राप्त गरेको बताए ।

कोभ्याक्सबाट प्राप्त हुने खोपलाई सुनिश्चित गर्न निरन्तर प्रयासहरु जारी रहेको समेत डा. पाण्डवले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्