सर्वोच्च अदालतको फुलकोर्ट बैठक बस्दै « Drishti News – Nepalese News Portal
Logo
संसद् विघटन प्रकरण

सर्वोच्च अदालतको फुलकोर्ट बैठक बस्दै


दृष्टि संवाददाता


काठमाडौं । कोरोना संक्रमणका कारण प्रभावित भएको अदालतको सेवाबारे छलफल गर्न सर्वोच्च अदालतको फुलकोर्ट अर्थात् सबै न्यायाधीशहरुको बैठक बस्दैछ ।

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार कोरोनाभाइरसको असरका कारण सेवा प्रवाहमा गरिएको संकुचन र विविध विषयमा छलफल गर्ने एजेण्डा तय गरेर बैठक बस्न लागेको हो ।

स्रोतका अनुसार बैठकमा विविध विषयअन्तर्गत वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न नियमावली संशोधन गर्नेबारे पनि छलफल हुनेछ । यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलास वरिष्ठताको आधारमा गठन गर्ने बताएका थिए ।

संसद विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा प्रश्न उठेपछि प्रधानन्यायाधीश जबराले वरिष्ठताको आधारमा इजलास गठन गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसको पूर्वतयारीका लागि भन्दै संसद विघटनविरुद्धका रिटहरुको सुनुवाइ आइतबारसम्मका लागि स्थगित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्