Logo
Logo
एमाले विवाद

माधव निकट चार नेताले भने- ‘ओलीसँग वार्ता बन्द गरौं’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल निकट चार नेताले अध्यक्ष केपी शर्मा ओली पक्षसँग भइरहेको वार्ता रोक्नुपर्ने माग राखेका छन् ।

बरिष्ठ नेता झलनाथ खनाल र नेता नेपाललाई सम्बोधन गर्दै जगन्नाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला र राजेन्द्र राईले वार्ता गर्न गठित कार्यदलको औचित्य नै सकिएको निष्कर्ष उनीहरुले निकालेका हुन् ।

‘‘वार्ता गर्ने कार्यदलको औचित्य समाप्त भइसकेको छ, यसलाई तत्काल बन्द गरौं’, पत्रमा उल्लेख छ । शीर्ष नेताहरुलाई निष्काशनको निर्णय ओलीले गरेकाले कार्यदलको औचित्य सकिएको र उनीहरुले कार्यदलका सदस्यहरुलाई समेत चेतावनी दिएका छन् ।

कार्यदलमा रहने नेताहरुले सबै केन्द्रीय सदस्यहरुको प्रतिनिधित्व गर्न नसक्ने पनि पत्रमा उल्लेख छ । २ जेठ २०७५ अगाडिको एमाले कायम भएर मात्रै समस्या हल नहुने पनि पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्