Logo
Logo

बाइडेनलाई देउवाले दिए धन्यवाद


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धन्यवाद दिएका छन् ।

बाइडेनले नेपाललगायत देशलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेपछि देउवाले कृतज्ञता ज्ञापन गर्दै धन्यवाद भनेका हुन् ।

देउवाले शुक्रबार बिहान ट्विट गर्दै उक्त सहयोगले नेपाल र अमेरिकाबीचको मित्रता अझ मजबुत हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्