Logo
Logo

पूराना कम्युनिस्ट नेता पूर्वसांसद बीएल वाइबाको निधन


दृष्टि संवाददाता


काठमाडौं । पूर्व सांसद एवं कम्यूनिष्ट नेता बिष्णु बहादुर तामाङ (बीएल वाइबा)को निधन भएको छ । सिरहाको कर्जन्हा नगरपालिका ५ घर भएका पूर्व सांसद तामाङको ७८ वर्षको उमेरमा बिहीवार राति निधन भएको हो

नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य वाइवाको बिहीबार साँझ ६ः२० बजे झापाको दमकस्थित आम्दा अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनी उच्च रक्तचाप र मधुमेहका पनि बिरामी थिए भने उनलाई पछिल्लो समय कोरोना संक्रमित पुष्टि भएको थियो ।

उनी २०४८ सालको आम निर्वाचनमा सिराहाको तत्कालीन निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

२००० साल फागुनमा जन्मिएका तामाङ वामपन्थी नेता जयगोविन्द शाहको नेतृत्वमा ग्रामीण वर्गसंघर्ष हुँदा ‘तमसुक फट्टा’ आन्दोलनमा सक्रिय भएर उत्पीडित वर्गको पक्षमा उभिएका थिए ।

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शोक विज्ञप्ति निकालेर तामाङको निधनबाट नेपाली राजनीतिले सच्चा राष्ट्रवादी नेता गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् । उनलाई सादा जीवन, सरल र जुझारु तथा किसान र मजदुरबीच लोतप्रिय नेताको रुपमा प्रचण्डले स्मरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्