Logo
Logo

कोरोनाको तेस्रो र चौथो लहर आउन सक्ने खतरा


दृष्टि संवाददाता


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो र चौथो लहर आउन सक्ने खतरा देखिएकाे जनाएकाे छ ।

तेस्रो, चौथो लहरमा बालबालिका बढी संक्रमित हुन सक्ने भन्दै सबै सरकारी तथा निजी अस्पताललाई कम्तीमा २० प्रतिशत बेड तयारी अवस्थामा राख्न अनुरोध गरिएकाे छ ।

मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा। मदनकुमार उपाध्यायले शुक्रबार विज्ञप्ति जारी गरी आफ्नो स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत शय्या कोभिड–१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न आग्रह गरेका छन् ।

अस्पतालहरूलाई अक्सिजनको समेत व्यवस्थापन गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्