Logo
Logo

२४ घण्टामा ८ हजार ६ सय ६३ जनाले जिते काेराेना


दृष्टि संवाददाता


काठमाडाैं । २४ घण्टामा देशभर ८ हजार ६ सय ६३ जना काेराेना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ८१ दशमलब ९ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा हालसम्म ४ लाख ७६ हजार १३० जना संक्रमित निको भइसकेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १४ हजार १८२ जनाको पिसिआर र  ६ हजार ६३१  जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  ४ हजार ६२४  जना र एन्टीजेटमार्फत २ हजार २९ जना संक्रमित पुष्टि भएका हुन् । २४ घण्टामा नयाँ संक्रमित ६ हजार ६ सय ५३ छ । देशभर ९७ हजार ६९९ जना संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्