Logo
Logo

‘सिनोभ्याक’ खोपलाई नेपालमा अनुमति दिइयाे


दृष्टि संवाददाता


काठमाडौं । सरकारले चिनियाँ कम्पनी सिनोभ्याक लाइफ साइन्सले विकास गरेको कोभिड १९ विरुद्धको खोपलाई नेपालमा प्रयोग गर्न अनुमति दिएको छ । गत मंगलबार मात्रै विश्व स्वास्थ्य संगठनले आपतकालीन प्रयोगका लागि अनुमति दिएको हाे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको औषधि व्यवस्था विभागको शुक्रबार बसेको बैठकले अनुमति प्रदान गरेको खोप १८ वर्षभन्दा बढी उमेर समूहका मानिसहरुलाई लगाउन सकिने छ । यो खोप २ देखि ८ डिग्री सेन्टिग्रेड तापक्रममा १२ महिनासम्म राख्न सकिन्छ ।

नेपाल सरकारले यसअघि भारतको सेरम इन्स्टीच्यूटले उत्पादन गरेको कोभिशील्ड, चिनियाा कम्पनी सिनोफार्मको भेरोसेल र रुसी गामालेय कम्पनीको स्पुतनिक भी खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको थियो ।

औषधि व्यवस्था विभागबाट अहिलेसम्म हुकुम डिष्ट्रिब्युटर्स, लोमस फर्मा र इमाराल्ड फर्माले खोप आयात र बिक्री वितरणको अनुमति पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्