Logo
Logo

मौसम पूर्वानुमानः चट्याङसहित वर्षाको सम्भावना


दृष्टि संवाददाता



काठमाडौं । आज देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल प्रदेश १ को पहाडी भूभाग लगायत बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आज शनिबार दिउँसो देशभर आंशिकदेखी सामान्य बदली रहने र देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको हुन सक्ने महाशाखाको पूर्वानुमान रहेको छ ।

यस्तै आज राति पहाडी भूभागहरुमा आंशिकदेखी सामान्य बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने उल्लेख छ । साथै, प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा को सम्भावना रहेको छ ।

आइतबार दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार राति पहाडी भूभागहरुमा आंशिकदेखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै महाशाखाका अनुसार सोमबारको मौसम पूर्वानुमानका अनुसार दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सोमबार राति पहाडी भूभागहरुमा आंशिकदेखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा को सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्