Logo
Logo

विश्वक छनौटमा ब्राजिलको पाँचौ जित


दृष्टि संवाददाता


काठमाडौं । फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकन छनोटमा ब्राजिलको उत्कृष्ट प्रदर्शन जारी छ । लगातार पाँचौ खेलमा जित हात पार्ने क्रममा ब्राजिलले शनिबार विहान सकिएको खेलमा इक्वेइडरलाई २-० गोलले पराजित गरेको छ ।

ब्राजिलको जितमा रिचार्लीसनले खेलको ६५ मिनेटमा पहिलो गोल गरेका थिए। नेइमारले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा पेनाल्टीबाट दोस्रो गोल गर्न सफल भएका हुन् ।

दक्षिण अमेरिकन छनोटको शीर्ष स्थानमा रहेको ब्राजिलले लगातार पाँचौ जित निकाल्दै १५ अंक जोड्न सफल भयो । दोस्रो स्थानको अर्जेन्टिनाको पाँच खेलबाट ११ अंक छ। अर्जेन्टिनाले तीन खेलमा जित निकाल्दा दुई खेलमा बराबरी खेलेको छ ।

तेस्रो स्थानको इक्वेइडरको ९ अंक छ । चौथो स्थानको पाराग्वे र पाँचौ स्थानको उरुग्वेको समान ७—७ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्