Logo
Logo

सङ्घीय संसद्को तेस्रो अधिवेशन अन्त्य


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, ११ चैत ।

पुस ११ गते प्रारम्भ भई आईतवार चैत १० गतेसम्म जम्मा ८९ दिन चालू रहेको सङ्घीय संसद्को तेस्रो अधिवेशन अन्त्य भएको छ । यस अवधिमा प्रतिनिधिसभामा जम्मा २३ वटा सरकारी विधेयक दर्ता भएकामा आठ विधेयकसभामा प्रस्तुत हुन बाँकी रहेका छन् ।

k|ltlglw;efsf] a}7s k|ltlglw;efsf] laxLaf/ a;]sf] a}7sdf ;xefuL ;f+;b . tl:a/ M /f]zg ;fksf]6f, /f;;

सात विधेयक सम्बन्धित समितिमा विचाराधीन छन् भने दुईमाथि राष्ट्रियसभाबाट संशोधनसहित प्राप्त भएको सभामुख कृष्णबहादुर महराले संसदमा जानकारी गराए । अन्य छ विधेयक सङ्घीय संसद्को दुवै सदनबाट पारित भइसकेको छ । साथै सभाको दोस्रो अधिवेशनबाट प्राप्त विभिन्न सात विधेयकमध्ये चार विधेयक दुवै सदनबाट पारित भइसकेको छ भने दुई विधेयक समितिमा विचाराधीन अवस्थामा नै रहेको र एक विधेयक राष्ट्रियसभामा विचाराधीन रहेको अवस्था छ ।

गत माघ ४ गतेको बैठकमा प्रारम्भ भएको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रममा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ प्रधानमन्त्रीबाट दिने कार्य भएको थियो । साथै सभाको विभिन्न बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीबाट दिइएको थियो । त्यस्तै विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भई सदनमा प्रस्तुत गर्न बाँकी रहेका मौखिक एवं लिखित उत्तरसमेत टेबुल भएका छन् ।

सभाको बैठकमा विभिन्न संवैधानिक आयोगका प्रतिवेदन पेश गर्ने कार्य सम्पन्न भएको सभामुखले बताए। यस अधिवेशन अवधिभर पूर्वसदस्य चक्रप्रसाद बाँस्तोला, पद्मरत्न तुलाधर, मोतिदेवी थारु, कमलादेवी शर्मा, रवीन्द्रप्रसाद अधिकारी, भरतमोहन अधिकारी, गणेश पण्डित र जीतबहादुर पुरीको निधन भएकामा शोक प्रस्ताव पारित गरेको छ ।

यसै अवधिमा सदनको विभिन्न बैठकमा प्रधानमन्त्रीले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेट कार्यान्वयनका बारेमा, गृहमन्त्रीले नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको सम्झौताका विषयमा र कानून, न्याय तथा संसदीय मामिलामन्त्रीले गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सम्बन्धमा सार्वजनिक महत्वको वक्तव्य दिएका थिए ।

अन्तिम बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत दलका नेताले अधिवेशन समापनका अवसरमा मन्तव्य राखेका थिए । त्यस्तै सभामा प्रस्तुत हुन नसकेको लिखित एवं मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीबाट टेबुल गरिएको थियो । बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त संसद् अधिवेशन अन्त्य हुनेसम्बन्धी पत्रको व्यहोरा पढेर सुनएसंगै यो अधिवेशन अन्त्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्