रगत जम्ने समस्याबाट छुटकारा दिने यी ५ जुस « Drishti News – Nepalese News Portal
Logo

रगत जम्ने समस्याबाट छुटकारा दिने यी ५ जुस


दृष्टि संवाददाता


काठमाडौं । मानिसहरु अस्वस्थकर जीवनशैलीका कारण विभिन्न प्रकारका रोगहरुबाट ग्रसित बन्ने गरेका छन् । यसकारण धेरै जसो व्यक्तिहरु मुटुरोगबाट पीडित छन् । मुटुसम्बन्धी धेरै समस्याहरूको कारण अस्वस्थकर जीवनशैली नै हो । मुटु रोगको अर्को कारण धुम्रपान पनि हो ।

मुटु रोगमा विशेषगरी रक्तनलीहरूमा रगत जम्ने खतरा बढी हुन्छ । धमनीहरुमा रगत जम्नाले रक्तनलीहरु अवरुद्ध हुन सक्छन् । जसको कारण रगतको बहाव सही हुन पाउँदैन । रगतहरु जम्न थाल्छन् र हृदयघात हुने खतरा बढ्छ । रगत जम्ने समस्या विभिन्न कारणले हुन सक्छ । त्यसका लागि आफूले खाने खानपानमा बढी ध्यान दिँदा रगत सफा हुने र थप समस्या हुनबाट बच्न सकिन्छ । यसका लागि स्वस्थकर खानासँगै विभिन्न प्रकारका जुसहरु पिउन सकिन्छ ।

अदुवा, लसुन र कागतीको रस
भान्सामा पाइने अदुवा, लसुन र कागतीको रस मुटुसम्बन्धी रोगीहरुका लागि निकै फाइदाजनक मानिन्छ । लसुनलाई पिस्ने, त्यसमा अदुवाको टुक्रा मिसाउने र कागतीको रस मिसाएर पानीमा उमालेर खाने गर्दा धमनीहरु सफा हुने र हृदयघातको खतराबाट बच्न सकिन्छ । लसुनले प्राकृतिक ब्लड थिनर रुपमा काम गर्छ । यसको जुस पिउँदा कोलेस्ट्रोल कम गर्छ । रगत नली बन्द हुने समस्या पनि कम गर्छ । अदुवाले धमनीहरुको भित्ता मजबुत बनाउँछ । कागतीमा हुने भिटामिन सी र फ्लेवनोइड्स पाइने भएकाले यसले रगत सफा गराउँछ ।

काँक्रो, पुदीना र सेलेरीको जुस
काँक्रोमा सोलेबल फाइबर र पोलीफेनोल्स हुन्छ । यसले धमनी सफा राख्छ । ताजा पुदीनाको पातहरुले रक्तनलीहरु खुम्चिन दिँदैन । एन्टिअक्सिडेन्ट हुने भएकाले यसले शरीरलाई थुप्रै रोगहरुबाट बचाउँछ ।

ब्रोकाउली, पालक र गोभीको जुस
ब्रोकाउली, पालक र गोभीको जुस निकै फाइदाजनक हुन्छ । यसमा क्यारोटेनोइड्स हुन्छ । यसले शरीरका हानिकारक पदार्थ बाहिर निकाल्छ । यसमा फाइबर पनि हुने भएकाले यसले रक्तसञ्चार सही गराउने र मुटु स्वस्थ राख्छ ।

अमिलो जुस
अमिलो फलफूलहरु सुन्तला, कागती, अंगुर जस्ता फलफूलका जुसमा एन्टिअक्सिडेन्ट पाइन्ट । जसले इन्फामेसन कम गराउँछ । यसले रगत जम्ने खतरा पनि कम हुन्छ । साथै, भिटामिन सीका कारणले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

प्रतिक्रिया दिनुहोस्