Logo
Logo

मोरङको कानेपोखरीमा ऐलानी जग्गाको नापी सुरु


दृष्टि संवाददाता


मोरङ्ग । मोरङ्ग कानेपोखरी गाउँपालिकामा ऐलानी जग्गाको नापी कार्य शुरु गरिएको छ । भुमिहिन, सुकुम्बारी तथा अव्यबस्थित बासोबास समस्यालाई समाधान गर्ने उदेश्यले जग्गाको नापी कार्य सुरु गरिएको हो ।

शुक्रबार एक औपचारिक कार्यक्रमकाबीच कानेपोखरी ६ स्थित बिहिबारेबाट ऐलानी जग्गाको नापी कार्य शुरु गरिएको हो । कार्यक्रममा सुकुम्बारी समस्या समाधान आयोगका मोरङ जिल्ला अध्यक्ष डि.बि. राइले गाउपालिका भित्र रहेका ऐलानी जग्गाको नापी कार्य सम्पन्न गरि अन्य प्रकृया पुरा गरि निकट भबिस्यमानै जग्गाधनिलाइ धनि पुर्जा बितरण गरिने बताए । राइले मोरङ जिल्लामा कानेपोखरी गाउपालिका बाट नापी कार्यको शुरुवात गरिएको बताए ।

कार्यक्रममा कानेपोखरी गाउपालिका अध्यक्ष तारा बहादुर काफ्लेले जग्गा सर्बेक्षण तथा नापी कार्यमा सहयोग गर्न कानेपोखरी गाउपालिकाका आम जनसुदाय तथा सरोकारबालालाइ अनुरोध गरे । उनले कानेपोखरी गाउपालिकामा शुरुवाती चरणबाटनै जग्गाधनिले भोगचलन गर्दै आएको ऐलेनी जमिन, लालबाबु पंण्डितको आयोगले बितरण गरेको २५ बर्षै पुर्जावाला जमिन, धनिपुर्जा एक जनाको नाममा रहेको र अर्को जनाले भोगचलन गर्दै आएको जमिन लगायत गरेर ४ प्रकारका ऐलानी जग्गाहरु रहेको बताए ।

जग्गा सर्बेक्षण कार्यमा १५ वटा पोइन्टहरु बनाएर त्यसलाइनै आधार मानि जग्गाको डिजिटल सर्बेक्षण गरिने जग्गा सर्बेक्षण टोलिका एक जना सर्बेक्षक कमल कुमार बरालले बताए । कानेपोखरी गाउपालिकामा ३९२ घरधुरी भुमिहिन दलित,१६५३ घरधुरी भुमिहिन सुकुम्बासी, २५२३ अब्यवस्थित बसोबास र अधुरा कार्यहरु ३७३ गरेर जम्मा ४९४१ घरधुरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्