Logo
Logo

पक्राउ परेको हेमन्तप्रकाशसँग २२ वटा सिमकार्ड


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।

सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरुले धेरै वटा सिमकार्ड प्रयोग गर्न थालेको छन् ।

उनीहरको पुराना सिमकार्ड फाल्ने र नयाँ नयाँ सिमकार्ड प्रयोग गर्दै आएको अनुसन्धानमा खुलेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएका छ।

शुक्रबार पक्राउ परेका सो पार्टीका नेता हेमन्तप्रकाश ओली र उनका सहयोगीसँग २२ वटा सिमकार्ड भेटिएको छ र विगतमा प्रयोग गरेका सिमकार्ड उनीहरुले फालिसकेको प्रहरीले जनाएको छ । बरामदमध्ये कतिपय सिमकार्ड प्रयोग नगरिएका समेत छन् । ओलीले आफूले पक्राउ पर्ने डरले कार्यकर्ताकै सिमकार्ड धेरै प्रयोग गर्ने र पुराना सिमकार्ड प्रयोग गर्ने गरेको समेत खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्