Logo
Logo

नेकपा अध्यक्ष प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्यमा सुधार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।

अमेरिकामा उपचार गराई रहेकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार आएको छ ।

पार्किन्सस् रोगबाट ग्रसित दाहालको उपचारका लागि अध्यक्ष प्रचण्ड चैत ३ गते अमेरिका प्रस्थान गरेका थिए । एक हप्ताको उपचारपछि उनमा निकै सुधार आएको अध्यक्ष प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार दाहालको स्वास्थ्यमा पहिलेभन्दा निकै सुधार आएको छ र सोमवार ‘रिर्पोर्ट’ आएपछि सबै कुरा स्पष्ट हुन्छ । आफै हिडडुल गर्न नसक्ने अवस्थामा रहनु भएकी दाहाल अहिले आफै हिँडडुल गर्ने अवस्थामा पुगेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्