Logo
Logo

५०४२ संक्रमित थपिए, ८ हजार बढी निको भए


दृष्टि संवाददाता


काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८ हजार बढी निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ८ हजार २४३ जना संक्रमण मुक्त भएका हुन् ।

पीसीआर विधिबाट ११ हजार ४७१ को परीक्षण गर्दा ३ हजार ५४० र एन्टिजेन विधिबाट ५ हजार ३४३ जनाको परीक्षण गर्दा जम्मा १ हजार ५०२ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ८५ हजार १०० पुगेको छ भने निको हुनेको संख्या ४ लाख ८४ हजार ३७३ पुगेको छ ।

कोरोना भाइरस संक्रमणबाट थप ६८ जनाको मृत्यु भएको छ । योसँग नेपालका कोरोना संक्रमणाबाट मृत्यु हुनेको संख्या ७ हजार ७९९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्