सिरहामा औषधी व्यवसायीमाथि गोली प्रहार « Drishti News – Nepalese News Portal
Logo

सिरहामा औषधी व्यवसायीमाथि गोली प्रहार


दृष्टि संवाददाता


काठमाडौं । सिरहामा औषधी व्यवसायीलाई अज्ञात समूहले गोली हानेको छ ।

मिर्चैया नगरपालिका–५ स्थित सिद्धि मेडिकल हलका संचालक रामसागर साफिमाथि गएराती अज्ञान समूहले गोली प्रहार गरेर भागेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सालिकराम शर्मा पौडेलका अनुसार ४० वर्षीय साफीको हात र तिघ्रामा गोली लागेको छ । रामसागरको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्