Logo
Logo
संसद् विघटन प्रकरण

आज प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाई


दृष्टि संवाददाता


काठमाडौं । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा आज (आइतबार) सुनुवाई हुँदै छ । कानुन व्यवसायीले संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशको निष्पक्षतामाथि प्रश्न उठाएपछि जेठ १८ मा आइतबार सुनुवाई हुनेगरी इजलास स्थगित भएको थियो ।

प्रधानन्यायाधीशले इजलासका लागि आज वरिष्ठताका आधारमा नयाँ न्यायाधीश चयन गर्ने सम्भावना रहेको छ । १८ जेठमा बसेको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाइका लागि २३ जेठमा वरिष्ठताका आधारमा न्यायाधीश राखेर संवैधानिक इजलास तोक्ने प्रतिबद्धता जनाएका थिए ।

अधिवक्ताहरुले नेकपा विभाजनसम्बन्धी फैसला गर्ने न्यायाधीश बमकुमार श्रेष्ठ र पुनरावलोकनको माग अस्वीकार गर्ने तेजबहादुर केसीलाई इजलासमा राख्दा यसले निष्पक्ष फैसलामा असर गर्ने भन्दै उनीहरुको विकल्प खोज्न आग्रह गरेका छन् ।

यही विषयमा ध्यानाकर्षण गराउन १८ जेठ गएको बार एसोसिएसनका प्रतिनिधिसँगको भेटमा प्रधानन्यायाधीश राणाले संवैधानिक इजलास सम्बन्धी नियमावली संशोधन गरेर वरिष्ठताको आधारमा न्यायाधीश चयन गरेर संवैधानिक इजलास गठन गर्ने आश्वासन दिएका थिए । तर शुक्रबार बसेको सर्वोच्चको फुल कोर्टको बैठकले नियमावली संशोधन गर्नु नपर्ने ठहर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्