Logo
Logo

महतोले भने- ‘मेरो अभिव्यक्तिलाई गलत अर्थ लगाइयो’


दृष्टि संवाददाता


काठमाडौं । उपप्रधानमन्त्री राजेन्द्र महतोले आफू राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । पछिल्लो अभिव्यक्ति विवादमा परेपछि मन्त्री महतोले शनिवार राति प्रेस विज्ञप्ति जारी गर्दै उनले कसैलाई भ्रममा नपर्न आग्रह समेत गरेका छन् ।

आफ्नो अभिव्यक्तिलाई वंग्याएर र गलत अर्थ लाग्ने गरी प्रचार प्रसार भएको उनको भनाई छ । महतोले संविधानको धारा ३ मा उल्लेख भए बमोजिम नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त स्वतन्त्र र अखण्ड रहेको प्रसंगलाई आफूले सबैको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुस् विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्