Logo
Logo

‘असंवैधानिक र असफल सरकारलाई अस्विकार गरौं’


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को बाबुराम भट्टराई-उपेन्द्र यादव निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई अस्वीकार गर्नुपर्ने बताएको छ ।

अध्यक्ष रूपनारायण श्रेष्ठले आइतबार विज्ञप्तिमा निकाले ओली नेतृत्वको सरकार असंवैधानिक रहेकोले अस्वीकार गर्नुपर्ने बताएको हो । ‘संविधानको धारालाई कुल्चिएर राष्ट्रपतिले घोषणा गरेको केपी ओली सरकार पूर्णतः असंवैधानिक रहेको हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ । असंवैधानिक तवरबाट बनेको सरकारलाई स्वीकार गर्न नहुने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘कोरोनाको कारण आक्रान्त श्रमजीवी मजदुरलाई कुनै राहत छैन । हामीले तिरेको करबाट उठेको राजस्व दोहन गर्न मात्रै ब्यस्त छ । यस्तो क्रूर जनता मारा सरकारलाई हामीले किन सरकार मान्ने ?’

‘क्रूर, जनतामारा सरकारलाई हामीले किन सरकार मान्ने ? त्यसैले लोकतन्त्र र विधिको शासन मान्ने आमन्यायप्रेमी समुदायलाई हामी हार्दिक अपिल गर्न चाहन्छौं कि यो असंवैधानिक र असफल सरकारलाई सबै ठाउँबाट अस्विकार गरौं र जनमुखी लोकतान्त्रिक विधिको शासनको लागि स्वाधीन संवैधानिक सरकार गठन गराउन संघर्षमा एकताबद्ध होऔं,’ उनले भनेका छन् ।

यस्तै संगठनले असंवैधानिक र असफल सरकारलाई सबै अस्विकार गर्न सबैलाई अपिल गरेका छन् । ‘यो असंवैधानिक र असफल सरकारलाई सबै ठाउँबाट अस्विकार गरौं र जनमुखी लोकतान्त्रिक विधिको शासनको लागि स्वाधीन संवैधानिक सरकार गठन गराउन संघर्षमा एकताबद्ध होऔं ।’, विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्