Logo
Logo

अख्तियार र निर्वाचन आयोगमा नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बस्दै


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ११ चैत ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत संवैधानिक निकायमा नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक आज दिउँसो बस्दैछ। निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले अवकाश पाइसकेका छन् । अख्तियारमा आयुक्तको दुई पद रिक्त छ । साथै नयाँ आयोगहरुमा सदस्य नियुक्त हुन सकेको छैन । राष्ट्रिय महिला आयोग पनि लामो समयदेखि रिक्त छ ।


प्रमुख आयुक्त यादव ६ वर्षे कार्यकाल सकेर आइतबार सेवानिवृत्त भएका छन्। आयुक्त इला शर्माले पनि आइतबारदेखि नै अवकाश पाएकी छन्।

आजको परिषद् बैठकमा संविधानअनुसार गठन हुनु पर्ने राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, आदिवासी जनजाती आयोगको अध्यक्ष तथा सदस्य नियुक्तीका विषयमा समेत छलफल हुने जनाइएको छ।

परिषद्को सिफारिसमा यसअघि नै प्राकृतिक स्रोत तथा वित्त आयोग, समावेशी आयोग, थारु, मुस्लिम र मधेशी आयोगमा अध्यक्ष नियुक्त भैसकेका छन्। तर ती सदस्यहरूको नियुक्ती सिफारिस हुन बाँकी छन्। रिक्त सदस्य पदहरूमा नियुक्तीका विषयमा समेत बैठकमा छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्