Logo
Logo

भक्तपुर क्यान्सर अस्पतालमा पेटबाट निकालियो ३५ किलोको ट्युमर


दृष्टि संवाददाता


भक्तपुर । भक्तपुरको दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालमा शल्यक्रिया गरी आइतबार ३२ वर्षीया कुसुम लामाको पेटबाट ३५ किलोको ट्युमर निकालिएको छ । यसअघि अति जटिल रागहरूको शल्यक्रिया गरिए पनि यति ठूलो ट्युमर सफलतापूर्वक निकालिएको यो नै पहिलोपटक भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेका अनुसार कुसुम अस्पतालकी पुरानै बिरामी हुन् ।

उनलाई एक वर्षअघिदेखि नै पेटमा समस्या देखिएको थियो । तर लकडाउनका कारण उनको अस्पतालसँंग सम्पर्क टुटेको थियो । साथै आर्थिक अवस्था कमजोर भएका कारण उनी घरमै रोग पालेर बसिरहेकी थिइन् । समयमै उपचार हुन नसक्दा ट्युमर बढेर ३५ किलोको भएको जनाइएको छ ।

अस्पतालका अनुसार दुईतीन महिनाअघि पनि पेट दुखेर कुसुम अस्पताल आएकी थिइन । तर उनी डाक्टरले बोलाएको समयमा फलोअपमा अस्पताल पुगिनन् । शल्यक्रियामा संलग्न डा. सृष्टि प्रजापतिले यस्तो किसिमको समस्या बिरलै हुने गरेको बताइन् । ‘अस्पताल आइपुग्दा बिरामीलाई निकै गाह्रो भइसकेको थियो । हिँड्न नसक्ने अवस्थामा पुगिसकेकी थिइन् । सास फेर्न गाह्रो भइरहेको थियो । हामीले तुरुन्तै भर्ना गरेर शल्यक्रिया ग¥यौं,’ डा.प्रजापतिले भनिन्, ‘अहिले उनको अवस्था ठीक छ ।’, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्