Logo
Logo

विश्वकप छनोटमा आज नेपाल र जोर्डन खेल्दै


दृष्टि संवाददाता


काठमाडौं । विश्वकप २०२२ र एसिया २०२३ को छनोट अन्तर्गत नेपालले आज जोर्डनसँग फुटबल खेल्दैछ । कुवेतमा भइरहेको छनोट अन्तर्गत समूह ‘बी’ मा नेपाल सातौं खेल्दै छ ।

खेल कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुने भएको छ । कोरोना महामारीले गर्दा करिब १८ महिना रोकिएको एसियाली छनोट फेरि सुरु हुँदा जोर्डनको यो पहिलो खेल हुनेछ । समूह ‘बी’ का खेलहरु न्युट्रल भेन्युको रुपमा कुवेतमा भइरहेको छ ।

नेपालले यसअघि चाइनिज ताइपेईलाई २–० ले पराजित गर्दै आत्मविश्वास बढाएको छ । एसिया कपको लागि सिधै तेस्रो चरणको छनोटमा पुग्नका लागि नेपाललाई आज जित आवश्यक छ । तर जोर्डन नेपालभन्दा बलियो टोली हो र अहिलेसम्म नेपालले जोर्डनलाई पराजित गर्न सकेको छैन । छनोटकै अवे खेलमा नेपाल जोर्डनसंग ३–० ले पराजित भएको थियो ।

नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डन बलियो टोली भएपनि जितकै लागि खेल्ने बताएका छन् । उनले आइतबारको प्रिक्याच कन्फ्रेन्समा हरेक खेल ०–० बाट सुरु हुने भन्दै जितकै लक्ष्य राखेर मैदान उत्रिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्