Logo
Logo
दुई न्यायाधीशले राय दिने

आज पनि प्रतिनिधि सभा विघटन मुद्दामा सुनुवाइ हुँदै


दृष्टि संवाददाता


काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्धका रिटमाथि संवैधानिक इजलासमा आज पनि सुनुवाइ हुँदैछ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलास गठन गरेका थिए ।

न्यायाधीशहरूमाथि नै इजलासमा प्रश्न उठेपछि अघिल्लो सातादेखि यो इजलास मुद्दाको मूल विषयमा अघि बढ्न सकेको छैन । न्यायाधीशहरूको निष्पक्षतामाथि आइतबार पनि प्रश्न उठेपछि त्यहि बहसमै अल्झिएको छ ।

आइतबारको सुनुवाइमा प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्री बनाउन आदेश माग गर्दै रिट दिएका चार जनाले संवैधानिक इजलासको रोस्टरमा भएका कुनै पनि न्यायाधीशले यो मुद्दा हेर्न नमिल्ने निवेदन दिएका थिए ।

संवैधानिक इजलासको रोस्टरमा प्रधाननन्यायाधीश राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकाशसिंह राउत, सपना प्रधान मल्ल, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान छन् ।

इजलासमा आज न्यायाधीश दिपक कुमार कार्की र डा। आनन्दमोहन भट्टराइले आफ्नो राय दिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्