पाकिस्तानमा रेल दुर्घटना, ३० जनाको मृत्यु « Drishti News – Nepalese News Portal
Logo

पाकिस्तानमा रेल दुर्घटना, ३० जनाको मृत्यु


दृष्टि संवाददाता



काठमाडौं । पाकिस्तानमा सोमबार बिहान रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी यात्रु घाइते भएको समाचार संस्था डनले जनाएको छ ।

कराँचीबाट सरगोधा जाँदै गरेको मिल्लत एक्सप्रेसको र रावलपिण्डीबाट कराँची जाँदै गरेको सैयद एक्सप्रेसको रेल सिन्ध प्रान्तको डहारकी क्षेत्रमा आपसमा ठोक्किएका हुन् ।

समाचार अनुसार दुर्घटनास्थलमा उद्धारकार्य जारी छ । रेलका डिब्बामा फसेका यात्रुहरुलाई निकाल्ने प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्