Logo
Logo
संसद विघटन प्रकरण

संवैधानिक इजलास स्थगित


दृष्टि संवाददाता


काठमाडौैं । संसद विघटनविरुद्धका रिटहरुमाथि सुनुवाइ हुँदै आएको आज बस्ने भनिएको संवैधानिक इजलास स्थगित भएको छ । सर्वोच्च अदालतले संवैधानिक इजलासको पेशी सोमबारका लागि नतोकेकाले सुनुवाइ नुहने भएको हो । संवैधानिक इजलास नबस्नुको कारण भने खुलेको छैन ।

तर प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अस्वस्थ भएको अपुष्ट सूचनाहरु सार्वजनिक भएको छ । प्रधानन्यायाधीशको स्वास्थ्य गडबड भएको भन्ने हल्ला सनेको तर विस्तृतमा थाहा नभएको सर्वोच्च अदालत प्रशासन स्रोतको भनाई छ ।

संसद विघटन सम्बन्धी मुद्दा हेर्न प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका थिए । इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् । तर यो इजलासबाट निष्पक्ष फैसला आउनेमा सरकारी पक्षले नै आशंका गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्