Logo
Logo

गहुँ उत्पादन १४ प्रतिशतले घट्यो, बाजुरामा भोकमरीको चिन्ता


नन्दा थापा




बाजुरा । जिल्लामा यस बर्ष गहुँ उत्पादनमा गिरावट आएको छ । जिल्लाको प्रंमुख खाद्यान्न बाली गहुँ उत्पादनमा यो वर्ष भारी गिरावट आएको हो । गत वर्ष भन्दा अहिलेको वर्ष गहुँ लागायतका खाद्यान्न बाली उत्पादनमा कमी आएको छ । यो वर्ष गहुँको उत्पादन १४ प्रतिशतले कमी आएको कृषि ज्ञानकेन्द्र बाजुरासंग तथ्याङ्क छ ।

आर्थिक वर्ष २०७६/७७ मा १० हजार ५ सय हेक्टरमा बाजुराको पााखो बारीमा गहुँ खेती गरिन्थ्यो । त्यसबाट उत्पादन १८ हजार ३ सय ७५ मेक्ट्रिक्टन हुने गरेको थियो । यो वर्ष २०७७÷७८ मा गत वर्ष जिल्लाका विभिन्न स्थानहरुमा आएको बाढी पहिरोले गर्दा उत्पादन हुने ५० हेक्टर जमिन बाढि पहिरोले बगाएपछि १० हजार ४ सय ५० हेक्टरमा १५ हजार ६ सय ७५ मेक्ट्रिक्टन उत्पादन भएको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिनप्रसाद जैशीले बताए ।

जुन अघिल्लो वर्ष भन्दा यो वर्ष २७ सय मेक्ट्रिक्टन कम उत्पादन भएको हो । जस मध्ये १४ प्रतिशतले उत्पादन घटेको कृषि ज्ञान केन्द्रका सुचना अधिकारी जैशीले बताएका छन् । गहुँ लगायतका बालीमा उत्पादन कमी आएपछि बाजुरामा यस वर्ष भोकमरीको चिन्ता बढेको छ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन र महामारीको चिन्ता त एकातिर छ अर्कोतिर छाक कसरी टार्ने भन्ने चिन्तामा किसान छन् ।

खेतमा विउँ छरेको समेत नआएपछि कसरी जिविकोपार्जन गर्ने हो भन्ने चिन्ताले पिरलो पारेको छ । बडीमालिका नगरपालिका–८ का स्थानीय कृषक हुणी रावल भन्छन —‘यतिवेला दोस्रो भेरियन्टका रुपमा फैलिरहेको कोरोना भाइरसले भन्दा पनि भोकले मर्ने हो कि ।’

जिल्लामा यो वर्ष गहुँ बालीमा मात्र उत्पादनमा कमी आएको होइन् जिल्लाका ग्रामिण भेगमा सबै भन्दा बढी हिउँदे सिजनमा गहुँ, जौँ लगायतका बालीमा कमि आएको छ । सोही बाली उत्पादन नै नभएपछि किसानहरु मर्कामा परेका हुन् ।

बडीमालिका नगरपालिका–८ का कृषक लक्ष्मी रावल भन्छन्, ‘गत वर्ष ४÷५ कट्टा हुने खेतमा अहिलेको साल विउँ भाग समेत आएन, कोरोनाले गर्दा तरकारी, दुध, दाउरासमेत बेच्न पाएका छैनौँ, लकडाउन नभएको भएपनि दाउँरा, दुध, तराकारी लगायत बचेर आम्दानी गर्ने थियौ, अब आजभोली त्यासो पनि छैन् घर भित्रै बसेका छौ, भएको अन्न खाएर सकिहाल्यौं, चामल किन्नलाई पैसा छैन्, गहु र जौंको आश गरेका थियौँ झन छरेको विउँ आएन ।’

सिचाई सुविधा नहुँदा जिल्लाका अधिकांस ठाउँका किसानहरुले आकासे पानीको भरमा खेती गर्दै आइरहेका छन् । अधिकांस स्थानहरुमा प्रयाप्त मात्रामा सिचाई सुविधा छैन । सिचाई सुविधिा नहँदा यो वर्ष खडेरीले गर्दा गहुँ उत्पादनमा कमी आएको हो । यो गत वर्षको तुलनामा २७ सय मेक्ट्रिक्टनले कम उत्पादन भएको ज्ञान केन्द्र बाजुरासंग तथ्यांकमा उल्लेख छ ।

लामो समयसम्मको खडेरीका कारण यो वर्ष गहुँ उत्पादनमा कमी आएकोे सिजापतीको भनाई छ । सिंचाई सुविधा भएका खेतहरुमा मात्र यो वर्ष गहुँ उत्पादन भएको उलने बताए । लामो समयको खडेरीका कारण पाखो बारीमा निकै कम मात्रामा उत्पादन भएको छ ।

जिल्लाका कतिपय स्थानहरुमा हिउँदे पहिरो र असिना पानीले गहुँ बाली पूर्ण रुपमा क्षति गरेको छ भने झनै संकट उत्पन्न देखिएको छ । हरेक वर्ष खाद्यान्न असुरक्षित जिल्लाको रुपमा परिचित चिनबर्सेनि जिल्लालाई २८ हजार १ सय ५ मेक्ट्रिक्टन खाद्यान्न आवश्यक पर्छ । नेपाल खाद्य संस्था, स्थानीय व्यापारी विश्व खाद्य कार्यक्रम लगायतबाट जिल्ला बाहिरबाट ढुवानी गरेर आवश्यकता पुरा हुने गरेको छ ।

एक संक्रमितको होम आइसोलेसनमा मृत्यु
जिल्लामा कोरोना संक्रमणबाट एक जना महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा हिमाली गाउँपालिका–५ की ८१ वर्षीया महिला रहेकी छन् । होमआइसोलेसनमा शनिबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए । जिल्लाका नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको वरिष्ठ जनस्वास्थ्य अधिकृत पन्तले बताए ।

जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा पाँच जनाको मृत्यु भएको हो । भने दुई जनाको होमआइसोलेशनमा मृत्यु भएको होे । जिल्ला अस्पताल बाजुराबाट रिफर गरिएका तीन जना कोरोना संक्रमितको मृत्यु संगै मृत्यु हुनेको कुल संख्या ११ पुगेको छ ।

तीन जना संक्रमितको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा र ८ जना जिल्लामा नै मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै जिल्लामा आज पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमित थपिएसंगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ६५१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्