Logo
Logo

निलम्बित डिएसपी अंगुर जिसी अदालतमा हाजिर


- दृष्टि न्युज/संवाददाता

0
Shares


कञ्चनपुर, ११ चैत ।
बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको आरोपमा निलम्बित डीएसपी अंगुर जिसी अदालत उपस्थित भएका छन्।

जिसी सोमबार बिहान कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका हुन्। सिआईबीका निलम्बित डिएपसी जिसीमाथि पनि निर्मला बलात्कार हत्या प्रकरणमा प्रमाण नष्ट गरेको, अभियुक्त भनी पक्राउ गरिएका दिलिपसिंह विष्टलाई यातना दिएकोलगायतका आरोप छन्। जिसीमाथि बयान लिन सुरु गरिएको अदालतका रजिस्टार हरिकृष्ण अवस्थीले जानकारी दिए ।
अदालतले यस प्रकरणमा आरोपित तत्कालीन एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरीलाई ३५ दिने म्याद जारी गरी अदालतमा उपस्थित हुन सूचित गरेको थियो। आरोपित ६ प्रहरी तत्कालै अदलतमा उपस्थित भएका थिए भने विष्ट मंगलबार अदालतमा उपिस्थत भए। उनी १० लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्