Logo
Logo

कामना सेवा विकास बैंकद्वारा चेपाङ समुदायलाई खाद्यान्न वितरण


दृष्टि संवाददाता


चितवन । कामना विकास बैंकले चितवनका चेपाङ समुदायका १०० घरधुरीलाई खाद्यान्न वितरण गरेको छ ।

चितवनको विकट क्षेत्र राप्ती नगरपालिकाका वडा नम्बर–१३, चेपाङ बस्तीलाई लक्षित गरी करिब एक महिनाका लागि पुग्ने खाद्यान्न सहयोग गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पिछडिएका र सिमान्तकृत चेपाङ समुदायलाई लक्षित गरी खाद्यान्न सहयोग गरिएको बैंकले जनाएको छ ।

चेपाङ समुदायको उत्थानको लागि सञ्चालित मितेरी फाउन्डेसनको समन्वयमा प्रत्येक घरधुरीलाई एक बोरा चामल, खाने तेल, दाल, सोयाबिन, नुनलगायत खाद्यसामग्री वितरण गरेको बैंकले जनाएको छ ।

चेपाङ समुदायका व्यक्तिको दैनिक जीवनयापन सहज होस् भन्ने हेतुले खाद्यान्न सहयोग गरिएको बैंकले जनाएको छ । बैंकको चितवन क्षेत्र प्रमुख श्री सुरेन्द्र भन्डारी तथा अन्य कर्मचारीले उक्त राहत वितरण गरेका थिए ।

बैंकले यसअघि चितवनका सामुदायिक स्कुलमा स्टेसनरी, पोसाक वितरण, रक्तदान कार्यक्रम, स्वास्थ्य सचेतना तथा सरसफाइका कार्यक्रमलाई निरन्तरता दिंँदै आएको छ । बैंकको नारायणगढ क्षेत्रीय मातहतमा १४ वटा शाखा सञ्चालनमा छन् भने जिल्लामा ६ वटा शाखा छन् ।

प्रतिक्रिया दिनुहोस्