Logo
Logo

कोरोनाको तेस्रो लहरसँग जुध्न तयारी सुरु गरेको सरकारको दावी

सातै प्रदेशमा बाल अस्पताल सञ्चालन गर्ने तयारी


दृष्टि संवाददाता


काठमाडौं । स्वाथ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोरोनाको तेस्रो लहर आउन सक्ने भएकाले त्यसविरुद्ध जुध्नका लागि सरकारले आवश्यक तयारी सुरु गरेको बताएका छन् । कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिका बढी संक्रमित हुने जनस्वास्थ्यविद्हरुले बताउँदै आएकाले सातै प्रदेशमा बाल अस्पताल सञ्चालन गर्ने तयारी अघि बढाइएको बताएका हुन् ।

भर्चुअल पत्रकार सम्मेलन गर्दै मन्त्री तामाङले बालबालिकाको उपचारका लागि आवश्यक पर्ने पूर्वाधार र जनशक्ति व्यवस्थापनमा मन्त्रालय जुटिसकेको बताए । कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पताल हालै जारी अध्ययादेश अनुसार सञ्चालन हुने पनि उनले बताएका छन् ।

मन्त्री तामाङले आफ्नो मुख्य प्राथमिकता कोरोना कहरबाट नेपाली जनतालाई मुक्त गर्ने रहेको भन्दै परीक्षण, उपचार र खोपको सहज उपलव्धताका लागि ध्यान केन्द्रित गरेको समेत बताएका थिए । ।

प्रतिक्रिया दिनुहोस्