Logo
Logo
कोरोना तेस्रो लहरकाे भय

बालबालिकाका लागि अस्पतालमा शय्या छुट्याउन थालियो


दृष्टि संवाददाता


काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बालबालिकाका लागि ४ शय्या आइसीयू र १२ शय्याकाे आइसोलेसन छुट्याइएको छ। कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने भन्दै अस्पतालमा बालबालिकाका लागि बेड छुट्याइएको हाे ।

हाल अस्पतालमा कोभिड बिरामीका लागि भनेर समग्रमा ४५ शय्याकाे आइसोलेसन, २८ आइसीयू र २१ भेन्टिलेटर छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो र चौथो लहर आउन सक्ने र यी लहरमा बालबालिका बढी जोखिममा पर्ने सम्भावना रहेको भन्दै आवश्यक तयारी गर्न अस्पतालहरुलाई निर्देशन दिएको थियो।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा अत्याधिक मात्रामा प्रौढ तथा युवाहरु संक्रमित भएको र हालसम्म सबै तयारी उनीहरु लक्षित अवस्थामा रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्