Logo
Logo

नेप्सेमा सामान्य करेक्सन, झण्डै १६ अर्बको कारोवार


दृष्टि संवाददाता


काठमाडाैं । सोमबार शेयर बजार मापक नेप्से परिसूचक ० दशमलव २१ अंकले घटेको छ । आइतबार हालसम्मकै उच्च अंकमा पुगेर रेकर्ड कायम गरेको नेप्से साताको दोस्रो कारोबार दिन आज भने ओरालो लागेको हो ।

बाणिज्य बैंक समूहले डोहोर्‍याइरहेको बजार उसले हात छाडिदिएपछि घटेको हो। दिनभरीमा १५ अर्ब ८१ करोड रुपैयाँको किनबेच भएको छ। 

वित्तीय क्षेत्रतर्फको विकास बैंक फाइनान्स, जीवन र निर्जीवन बीमा समूह भने बढेको छ। लघुवित्त मात्र ओर्लिएको छ। बैंकिङ समूह अन्तर्गत कारोबार भएका सबै वाणिज्य बैंकहरुको मूल्य घटेको छ।

बैंकिङ समूह अन्तर्गत कारोबार भएका सबै वाणिज्य बैंकको मूल्य घटेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.३८ अंकले घटेर ५ सय २० दशमलव ६३ को विन्दुमा झरेको छ । 

निफ्राको ४६ करोड ६२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। नेशनल हाइड्रोको ४३ करोड ५६ लाख रुपैयाँ र लुम्बिनी विकास बैकको ४३ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। कुमारी बैंकको ३४ करोड ४१ लाख रुपैयाँको किनबेच भएको छ।

प्रतिक्रिया दिनुहोस्