Logo
Logo

४९ किलो गाँजासहित तीन पक्राउ


दृष्टि संवाददाता

378
Shares

बारा । प्रहरीले बाराबाट ४९ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा सखुवा प्रसौनी गाउँपालिका १ का ३९ वर्षीय अमिरका पासवान, ५६ रमेश चौधरी र ३७ वर्षीय राजकुमार ठाकुर रहेका छन्।

उनीहरूलाई ना२ह ६१०६ नम्बरको अटोमा लुकाइछिपाइ ल्याएको गाँजासहित बारा महागढीमाई नगरपालिका-२ इनर्वाचोकबाट पक्राउ गरिएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्ज र बाराको संयुक्त टोलीले अटोबाट गाँजा बरामद गरेको मिश्रले बताए। बिक्री-वितरणका लागि अटोमा लुकाएर राखिएको सात पोका गाँजा फेला परेको थियो। उनीहरूलाई लागुऔषध मुद्दामा अनुसन्धान थालिएको मिश्रले बताए।

पक्राउ परेकाहरू सवार अनटेष्ट पल्सर मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्