Logo
Logo

बर्दिवासमा गुडविल फाइनान्सको शाखा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । महोत्तरी जिल्लाको बर्दिवासमा गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था)को चौथो शाखा बुधबार एक विशेष कार्यक्रमबीच बर्दिवास नपाका मेयर विदुर कार्की तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

यो शाखा स्थापनासँगै फाइनान्सले प्रदेश नं. २ मा पनि आफ्नो सेवा विस्तार गरेको छ । हालसम्म पूर्वमा पाँचथरको फिदिमदेखि बाँकेको नेपालगन्जसम्म सेवा प्रदान गरिरहेको गुडविल फाइनान्सले यसै आर्थिक वर्षभित्र प्रदेश नं. ७ को राजधानी धनगढीमा पनि शाखा स्थापना गरी यस क्षेत्रमा आफ्नो सेवा विस्तार गर्न लागिरहेको फाइनान्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्