Logo
Logo

काठमाडौं उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहलाई भेरोसेल खोप


दृष्टि संवाददाता


काठमाडाैं । सरकारले भोलिदेखि देशभर कोरोनाभाइरस कोभिड-१९ विरुद्धको भेरोसेल खोप अभियान सञ्चालन गर्ने भएको छ ।

चीनबाट अनुदान प्राप्त भेरोसिल खोप उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ६० देखि ६४ र उपत्यकाबाहिरको हकमा ६२ देखि ६४ वर्ष उमेर समूहका मानिसलाई पहिलो मात्रा लगाउन लागिएको हो ।

सुरुमा ६० देखि ६५ वर्ष उमेरका सबैलाई खोप लगाउने भनिएकामा संख्या बढ्न सक्ने भएर उपत्यकामा ६० देखि ६४ र बाहिर ६२ देखि ६४ वर्ष उमेर छनोट गरिएको मन्त्रालयले जनाएकाे छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौं महानगरपालिकाका सबै वडामा खोप व्यवस्था गरिएको छ । अरू पालिकाले तोकेका स्थानमा खोप व्यवस्थापन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्