Logo
Logo

माओवादीले पठायो सातै प्रदेशमा स्वास्थ्य सामग्री


दृष्टि संवाददाता


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सातै वटा प्रदेशमा स्वास्थ्य सामग्री पठाएको छ । माओवादीले आज केन्द्रीय कार्यलयमा एक कार्यक्रम गरी सातै प्रदेशका अध्यक्ष तथा इन्चार्जहरुमार्फ स्वास्थ्य सामग्री पठाएको हो ।

पार्टी केन्द्रको नाममा आएको विभिन्न संघसस्थाहरु तथा चीन सरकारले दिएको स्वास्थ्य सामग्री प्रदेश कमिटीलाई पार्टी अध्यक्ष पुष्पकमल दाहालले हस्तान्तरण गरेका हुन् ।

चिन सरकारबाट एक लाख माक्स र २० थान अक्सिजन जेनेरेटर सहयोग पाएका थिए । उक्त स्वास्थ्य सामग्रीहरु माओवादी केन्द्रको पार्टी कमिटी मार्फत वितरण गर्ने तयारी गरिएको छ ।

त्यस्तै माओवादीको प्रवास कमिटीको तर्फबाट एन्टिजेन किट, थर्मलगन, अक्सिमिटर, अक्सिजन सिलिण्डर (खाली तथा भरिएको), पीपीई, माक्स, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री रहेका छन् ।

माओवादी निकट स्वास्थ्यकर्मीहरुको संगठनबाट पनि विभिन्न स्वास्थ्य सामाग्री दिएका छन् । विभिन्न दाताहरुले उपलब्ध गराएको स्वास्थ्य सामग्री पार्टीको तर्फबाट जम्मा गरेर प्रदेश कमिटीमार्फत सबै जिल्लाहरुका लागि वितरण गर्ने माओवादी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्