Logo
Logo

पाँच लाखको मदिरा बरामद


दृष्टि संवाददाता


मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले आज रु चार लाख ९० हजार मूल्य बराबरको अवैध मदिरा बरामद गरी मूल भन्सार कार्यालय विराटनगर चलान गरेको छ ।

मोरङको जहदा गाउँपालिका वडा नं १ बुधनगरबाट दुई वटा मोटरसाइकलमा वेवारिशे अवस्थामा प्रहरीले सो मदिरा फेला पारेको हो ।

प्रहरी प्रवक्ता मानबहादुर राईका अनुसार दिलवाले लेखिएको ३०९ कार्टुन, उमङ्ग लेखिएको २७७ कार्टुन र अन्य ब्राण्डको खुल्ला मदिरा एक हजार ९०० बोतल बरामद गरी आवश्यक अनुसन्धान शुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्